मुख्यमन्त्रीलाई विश्वासको मतमा सकस, प्रदेश सभाको बैठक दोस्रो पटक सर्‍यो

आजै ४ बजेका लागि बोलाइयो
बिहीबार, माघ २६, २०७९
Global Ime Bank

कैलाली । सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासले मत लिन बोलाइएको प्रदेश सभा बैठक दोस्रो पटक सारिएको छ । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका थिए । तर, उनले गठबन्धनमा सहमति जुटाउन नसक्दा विश्वासको मत लिन सकिरहेका छेनन् ।
आज बुधवार दिउँसो १ बजे विश्वासको मत लिने बैठक बोलाइएको थियो । तर, १ बजे पनि मुख्यमन्त्रीले विश्वासको मत पाउने आधार तय नहुँदा बैठक अपराह्न ४ बजेका लागि सारिएको छ ।
अपराह्न ४ बजे पनि मुख्यमन्त्रीले विश्वासको मत पाउने आधारब बनिसकेको छैन । नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद काठमाडौंमै रहेकाले मुख्यमन्त्रीले विश्वासको मत पाउने आधार नदेखिएको हो ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सत्ता पक्षमा नेकपा माओवादी केन्द्रका ११ जना, नेकपा एमालेका १० जना, नागरिक उन्मुक्तिका ७ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ जना र र एक स्वतन्त्र सांसद छन् । विपक्षमा रहेको नेपाली कांग्रेसका १९ र नेकपा एकीकृत समाजवादीका चार र एक स्वतन्त्र सदस्य छन् । 
विश्वासको मतका लागि सुदूरपश्चिममा रावलले २७ मत ल्याउनुपर्ने हुन्छ । नागरिक उन्मुक्तिले मत नदिँदा उनले विश्वासको मत पाउने आधार देखिँदैन। 
यो सँगै मुख्यमन्त्रीलाई विश्वासको मत पाउन सकस भएको छ । नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनाका बन्दी रिहाइको माग गर्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १४:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार