नेप्से दोहोरो अंकले बढेपनि कारोबार रकम भने घट्यो

बिहीबार, माघ २६, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२.४५ अंकले बढेर २ हजार १८२.६१ विन्दुमा पुगेको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको हो । 
नेप्सेमा आज २५७ कम्पनीको ५६ लाख ४८ हजार २१२ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६ करोड २० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
त्यस्तै, कारोबारका आधारमा अपी हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । यस कम्पनीको ५ करोड ८६ लाखभन्दा बढीको कारोबार भएको छ । 
बिहीबारको कारोबारमा १३ मध्ये म्युचुअल फन्डबाहेक सबै उपसूचक बढेका छन् । आज नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको हो । बुधबार ३ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
१५२ कम्पनीको सेयर मूल्य बढेको छ भने ५८ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ४२ अङ्कले उकालो लागेर चार सय १५ दशमलव ४२ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर मूल्यमा गिरावट भएको छ भने १२ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।
कारोबार भएका कम्पनीमध्ये एक सय ५२ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । यस्तै, ५८ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा छ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।
कूल ५६ लाख ४८ हजार दुई सय १२ कित्ता शेयर रु दुई अर्ब छ करोड २० लाख ५८ हजार सात सय ४९ मूल्यमा कारोबार भएको छ । शेयर कारोबार हुने साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण रु ३१ खर्ब ४९ अर्ब ६५ करोड ४७ लाख ४४ हजार सात सय ४४ बराबर रहेको छ ।
कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु पाँच करोड ८६ लाख ५४ हजार छ सय ९६ बराबरको कारोबार भयो । यस्तै, नविल बैंक रु पाँच करोड ७३ लाख ५५ हजार चार सय ८८,न्यादी ग्रुप पावर रु पाँच करोड ३३ लख सात हजार,स्ट्याण्र्डड चार्टड बैंक रु चार करोड ८६ लाख १७ हजार आठ सय २० र रिडी पावर कम्पनी रु चार करोड ४० लाख ५१ हजार एक सय १० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
बाराही हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लागेको छ । विजय लघुवित्त पाँच दशमलव ९२, जोशी हाइड्रोपावर पाँच दशमलव ६३, न्यादी हाइड्रोपावर पाँच दशमलव ३५ र इस्टर्न हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ३१ प्रतिशतले कमाएका छन् ।
यस्तै, नविल ब्यालेन्स फण्ड पाँच दशमलव ७५,गुराँस लघुवित्त चार दशमलव १६, लक्ष्मी उन्नति कोष तीन दशमलव ९३, आर्दश लघुवित्त तीन दशमलव ४९ र बिन नेपाल लघुवित्तका लगानीकर्ताले दुई दशमलव ६९ प्रतिशतले गुमाएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १८:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार