सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कमल शाह नियुक्त 

बिहीबार, माघ २६, २०७९
Global Ime Bank

काठमाडौं । एमाले नेतृत्वको गठबन्धन सरकार ढलेपछि सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेसका कमल शाह नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशीले उनलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनले भोलि शुक्रबार शपथ लिँदैछन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार दुईभन्दा बढी दलहरूको समर्थनमा बनेको सरकार ढलेपछि उपधारा ३ अनुसार सरकार बनेको हो । संविधानको धारा १६८ को उपधारा ३ अनुसार बनेको सरकारले पनि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । प्रदेश सभाबाट विश्वासको मत नपाएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार नै राजीनामा दिएका थिए । रावललाई मुख्यमन्त्रीका लागि समर्थन दिएको नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद विश्वासको मत दिने दिन प्रदेश सभामा अनुपस्थित भएका थिए । राजधानी काठमाडौंमा नेता रेशम चौधरीलाई भेट गर्न आएका उनीहरु धनगढी नफर्किएका कारण रावलको पक्षमा विश्वासको मत नपुगेको हो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा १९ सिटसहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो ।

रावलद्वारा राजीनामा
यसअघि सुदूरपश्चिम प्रदेशसभा बैठकमा आज विश्वासको मत अस्वीकृत भएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष साँझ राजीनामा दिएका थिए ।  प्रदेश प्रमुखलाई भेटेर मुख्यमन्त्री रावलले राजीनामा बुझाएका हुन् । 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १९:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार