सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले आज पद तथा गोपनियताको शपथ लिने कार्यक्रम छ । उनले आज नै सानो मन्त्रिपरिषद् गठन गर्ने छन् । प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार शाहलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । कैलाली निर्वाचन क्षेत्र नं २ को प्रदेशसभामा प्रत्यक्ष निर्वाचित शाहलाई एमालेका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि मुख्यमन्त्रीमा नियुक्तिका लागि बाटो खुलेको हो । प्रदेशसभाले बिहीबार विश्वासको मत अस्वीकृत गरेपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश प्रमुखसमक्ष साँझ राजीनामा दिएका थिए । त्रिपन्न सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक १०, नेकपा (एमाले) का १०, नागरिक उन्मुक्तिका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् । रावल नेतृत्वको सरकार गठनका बेला नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेपनि आफ्ना नेता रेशम चौधरीलाई थुनामुक्त गर्ने तथा आफ्ना संघीय सांसद अरुण चौधरीलाई पक्रा गरिएको भन्दै रावल सरकारलाई नाउपाले विश्वासको मत नदिँदा एमाले सरकार ढलेको हो ।