सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुँदै माधव नेपालको पार्टी 

शुक्रबार, माघ २७, २०७९
Global Ime Bank

काठमाडौं ।  सुदूरपश्चिम प्रदेश सरकारमा माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पनि सहभागी हुने भएको छ । नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो मन्त्रिपरिषद्मा नेपाली काँग्रेसबाट १ जना र नेकपा एसबाट १ जनालाई मन्त्रीका रुपमा सहभागी गराउन लागेका छन् । सुरुमा सानो आकारको मन्त्रिमण्डल बनाउने नवनियुक्त मुख्यमन्त्री शाहको योजना छ । तर ककस्लाई  मन्त्री बनाउने भन्ने विषयमा टुङ्गो लाग्न बाँकी छ ।
हिजो मुख्यमन्त्रीमा नियुक्त भएका कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजना हुने विशेष समारोहबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको हो । 
शाहलाई बिहीबार प्रदेश प्रमुखले संविधानको धारा, १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । २७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १४:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार