सुदुरपश्चिमका मुख्यमन्त्री कमल शाहद्वारा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री नियुक्त

शुक्रबार, माघ २७, २०७९
Global Ime Bank

काठमाडौं । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल शाहले दुई सदस्सीय मन्त्रिपरिषद् गठन गरेका छन । प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिएसँगै मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
मुख्यमन्त्री शाहले नेपाली कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त गरेका छन् ।  मन्त्री नियुक्त भएसँगै प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिएको विशेष समारोहकाबीच देउवा र शाहीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । २७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि शाह संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १७:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार