सोसल मिडिया
Contact Us
युनिकोड
दाङ । माओवादीका तर्फबाट लुम्बिनी प्रदेशको मन्त्री बनेकी कृष्णा केसीले पदबाट राजीनामा दिएकी छन् । उनले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएकी हुन् । माओवादीको प्रदेश कमिटीले उनलाई राजीनामा दिन लगाएको हो । यही माघ २५ भएको राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार कुमार दसौदीलाई मतदान नगरी कांग्रेसलाई सघाएको उजुरी परेपछि उनीमाथि पार्टीले छानबिन गरेको थियो । ‘कृष्णाले राष्ट्रिय सभाको चुनावमा सत्ता गठबन्धनका उम्मेदवारलाई भोट नहालेको उजुरी परेको थियो । छानबिन गर्दा उहाँले काँग्रेसका उम्मेदवारलाई भोट हालेको पाइएपछि राजीनामा दिन लगाइएको हो’ प्रदेश कमिटीका एक सदस्यले भने । माओवादीको केन्द्रीय कमिटी सदस्य समेत रहेकी केसी बाँके १ को प्रदेश सभा १ बाट निर्वाचित भएकी हुन् ।