सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका विद्यमान चुनौतिको समाधान बजेटको अर्धवार्षिक समीक्षामार्फत् बजेट कार्यान्वयनमा थप सुधार गर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड कार्यक्रममा आइतबार बोल्दै अर्थमन्त्री पौडलले पछिल्लो समय देखिएका अर्थतन्त्रका चुनौतीलाई बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेट कार्यान्वयनमा थप सुधार गरी समाधान गर्ने बताएका हुन् । उनले नेपालको अर्थतन्त्रमा संरचनागत चुनौती, विश्व अर्थतन्त्रको प्रभाव र अन्य विषयमा नेपालले उचित व्यवस्थापन गर्न नसक्दा वर्तमान अर्थतन्त्रका समस्याको समाधान खोज्नुपर्ने अवस्था रहेको बताए ।
उनले भने, ‘‘सरकारले बजेटको अर्धवार्षिक समीक्षामार्फत् बजेट कार्यान्वयनमा थप सुधार गरी विद्यमान चुनौतीको सामना गर्नेछ। नेपालको अर्थतन्त्रमा संरचनागत चुनौती, विश्व अर्थतन्त्रको प्रभाव र अन्य विषयमा नेपालले उचित व्यवस्थापन गर्न नसक्दा सिर्जित समस्याको पृष्ठभूमिमा समाधान खोज्नुपर्ने हुन्छ। वर्तमान समय अर्थतन्त्रको चुनौतीहरुको विश्लेषण गरी ठोस कदम चाल्न सकेनौं र टालेटुले समाधानमा रमायौं भने ठूलो गल्ती हुनेछ।’’