सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको सबभेरिएन्टका लागि प्रभावकारी मानिएको बाइभ्यालेन्टको खोप नेपाल भित्रिएको छ ।ओमिक्रोनको सबभेरिएन्टविरुद्ध प्रभावकारी मानिएको फाइजरको नयाँ खोप बाइभ्यालेन्टको तीन लाख ४५ हजार डोज खोप नेपाल भित्रिएको हाे । कोभ्याक्स सुविधाअन्तर्गत बाइभ्यालेन्ट खोपको १५ लाख मात्रा नेपालमा चार चरणमा उपलब्ध गराइने छ । सोहीअनुसार आज तीन लाख ४५ हजार मात्रा खोप आइपुगेकोे हो । गाभीमार्फत प्राप्त उक्त खोेपलाई टेकुस्थित भण्डारण गृहमा राखिने छ । बाइभ्यालेन्ट खोप बुस्टर डोजका रुपमा प्रयोग गर्ने सरकारको तयारी छ । यो खोप नेपालमा पहिलोपटक भित्रिएको हो । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासीयाले सोमबार बिहान ९ बजे ती खोप भित्रिएको जानकारी दिए । ओमिक्रोनका सबभेरिन्यटको संक्रमणलाई रोक्न बाइभ्यालेन्ट खोप बढी प्रभावकारी छ । छिमेकी चीनमा ओमिक्रोनको उपप्रजाति बी.एफ. ७ फैलिरहेकाले सरकारले बुस्टर खोप लगाउन छुटेकालाई यो खोप लगाउन आग्रह गरेको छ ।