प्रतितोला दुई सय रुपैयाँले घट्यो सुनको मूल्य

मंगलबार, फागुन २, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ । 
आज प्रतितोला एक लाख तीन हजार आठ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला एक लाख चार हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख तीन हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख तीन हजार पाँच सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार दुई सय ९५ कायम रहेको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १२:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार