डिजेल र पेट्रोल दुवैको मूल्य घटेर आयो

शुक्रबार, फागुन ५, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । भारतबाट पेट्रोल तथा डिजेलको मूल्य घटेर आएको छ ।  नेपाल आयल निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ९७ पैसा र डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ४० पैसा घटाएर नयाँ मूल्य पठाएको छ।
आईओसीले नेपाल आयल निगमलाई १५-१५ दिनमा इन्धनको नयाँ मूल्य सूची पठाउँछ । सोही मूल्यअनुसार निगम र आईओसीबीचबीच कारोबार हुन्छ । अन्तर्राष्ट्रिय बजारमा कारोबार हुने गरेको कच्चा तेलको मूल्यमा आईओसीले पठाउने मूल्य निर्भर रहन्छ । विगतमा भएको सञ्चित नोक्सानीका कारण निगमले सरकारबाट ७ अर्ब ऋण लिएको छ भने आईओसीलाई करिब ११ अर्ब बक्यौता तिर्न बाँकी रहेको जनाएको छ ।
अहिले पेट्रोलको मूल्य १७५ रुपैयाँ प्रतिलिटर, डिजेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ रहेको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  ०४:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार