सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । जलेर घाइते भई मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद डा. चन्द्र भण्डारीलाई ४८ घण्टा भेन्टिलेटरमै राखेर उपचार गरिने भएको छ । बिहीबार अपराह्न मुम्बई पुर्याइएका उनलाई तत्कालै त्यहाँका चिकित्सकले उपचार सुरु गरेका थिए । मुम्बई स्थित नेशनल बर्न सेन्टरका डा. सुनिल केस्वानीले राति १०ः३० वजे गरेकाे काउन्सिलिङका बेला गरिएको परीक्षण पछि डा. भण्डारीको शरीरमा फ्लुईडको मात्रा डबल गर्ने कार्य भइरहेको छ। बिहीबार राति ११ःं३० को बजे डा. संदीप मिस्त्रीको काउन्सिलिङपछि गरिएको परीक्षणमा डा. भण्डारीका सबै पारामिटरहरू सामान्य रहेको देखिएको थियो । सबै पारामिटरहरु नर्मल रहे पनि ४८ घण्टा भेन्टिलेटरमै राखेर उपचार गर्ने अस्पतालका चिकित्सकले जननएका छन् । राति १२ः३० बजे डा. अमुलबाट भएको काउन्सिलिङका बेला गरिएको परीक्षणमा हृदयको चाल नर्मल रहेको पाइएको थियो । एण्टीबायोटिक्स नियमित गर्ने तथा स्वास्थ्य अवस्थालाई लिएर आत्तिनु नपर्ने जानकारी प्राप्त भएको काँग्रेस नेताहरुले बताएका छन् । बिहान १०ः३० मा पहिलो सर्जरी तथा दिउसो १ः३० वजे दोस्रो शल्यक्रियापछि स्थिति सुध्रिएर सहज हुँदै जाने आशा गरिएको केन्द्रीय सदस्य अजयबाबु सिबाकोटीले उल्लेख गरेका छन् ।