काँग्रेस नेता चन्द्र भण्डारीको पहिलो शल्यक्रिया गरिँदै

उमेरका कारण ‘रिस्क भने कायमै
शुक्रबार, फागुन ५, २०७९

काठमाडौं । जलेर घाइते भएका नेपाली काँग्रेसका नेता एवम् प्रतिनिधिसभाका सांसद डा.चन्द्र भण्डारीको शल्यक्रिया सुरु भएको छ ।
चन्द्र भण्डारीसँगै रहेका योगराज कँडेलले मुम्बईबाट जानकारी दिएअनुसार भण्डारीलाई भर्खरै पहिलो सर्जरीका लागि लगिएको छ । कँडेलले चन्द्र भण्डारीलाई शल्यक्रियाका लागि लगिँदै गरेको भिडियो पनि पोस्ट गरेका छन् । 
यसअघि बिहान  ९ः३० बजे डा. मुकेश मिस्राबाट भएको काउन्सिलिङका पछि दिइएकाे जानकारी अनुसार भण्डारीकाे अवस्था स्थिर रहेको र १०ः३० मा गरिने पहिलो सर्जरीका लागि तयारी गरिएको थियो । 
डा. मिस्राका अनुसार उमेरका कारणले ४८ घण्टासम्म  रिस्क रहि रहने छ । तर अहिले डा भण्डारीको शारीरिक पारामिटर नर्मल रहेको छन् । 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  ११:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार