कांग्रेसले विश्वासको मतको विपक्षमा मतदान गर्ने 

मंगलबार, वैशाख २१, २०७८

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा लिने विश्वासको मतलाई असफल बनाउने निर्णय गरेको छ ।  कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको आज सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले सो निर्णय गरेको पार्टी सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए । बैठकले संसद्को बजेट अधिवेशन बोलाउन ढिला भइरहेका अवस्थामा वर्तमान सरकारले संसद्लाई छलेर अध्यादेशमार्फत शासन चलाउन खोजको जनाउँदै आपत्तिसमेत जनाएको छ ।  कांग्रेसले संवैधानिक परिषद् सम्बन्धीलगायत सात अध्यादेश ल्याउने सरकारको निर्णयको विरोध गरेको छ । यसैगरी सभापति देउवाले आजै विज्ञप्ति जारी गरी संसद्को बजेट अधिवेशन बोलाउन ढिला भइरहेका अवस्थामा संसद्लाई छलेर सरकारले अध्यादेशमार्फत शासन चलाउन खोजेको भनी आपत्तिजनक जनाएका छन् । ‘संवैधानिक परिषद् सम्बन्धीलगायत सात अध्यादेश ल्याउने सरकारको निर्णयको कांग्रेस घोर भत्र्सना गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।  राष्ट्रपतिले मन्त्रिपरिषद्का सिफारिशमा प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकाले सो प्रयोजनका लागि यही वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  २१:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार