२३.६ अंकले घट्यो सेयर बजार, १ अर्ब ९४ करोडको कारोबार

सोमबार, फागुन ८, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । साताको पहिलो कारोबार दिनको सेयर बजार २३.६ अंकले घटेको छ । पुँजी बजार मापक नेप्से परिसूचक २३ अंकभन्दा बढीले घटेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार, सोमबार पहिलो दिनको सेयर बजार १.१४ प्रतिशतले घटेर २०४६.८१ विन्दुमा कारोबार बन्द भएको छ ।  सोमबार सेयर बजारमा ६० लाख ९१ हजार ३५३ कित्ता सेयर किनबेच भएको छ । जसबाट १ अर्ब ९४ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा १७७ कम्पनीका ऋणपत्रको मूल्य घटेको छ भने ३२ कम्पनीका ऋणपत्रको मूल्य बढेको छ । ७ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन नभएको नेप्सेले जानकारी दिएको छ ।
सेयर बजार घटे पनि राप्ती हाइड्रो एन्ड जेनेरल कन्ट्रक्सन लिमिटेड, दोर्दीखोला जलविद्युत् कम्पनी, र एनएमबी हाइब्रीड फण्ड–१ ले भने नाफा कमाएका छन् । राप्ती हाइड्रोले १० प्रतिशतको सर्किट लेबलको कारोबार गरेको छ ।
यता, जीवन विकास लघुवित्त, उपकार लघुवित्त र हिमालय डिस्ट्रिलरी लिमिटेडले क्रमशः ९.१५, ७.४२ र ५.३१ प्रतिशतले मूल्य घटेको छ । हिमालय डिस्ट्रिलरी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । उक्त कम्पनीको २० करोड ८२ लाख ५६ हजार रुपैँया बराबरको सेयर कारोबार भएको छ । एनएमबी ५० नामक कम्पनीको सबैभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । उक्त कम्पनीको १३ लाख ३४ हजार १०० कित्ता सेयर कारोबार भएको छ । सबैभन्दा धेरै हिमालय डिस्ट्रिलरी लिमिटेडको २६९८ पटक कारोबार भएको छ  ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कारोबार भएका कूल कम्पनीमध्ये ३२ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । 
यस्तै एक सय ७७ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा सात कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । कूल ६० लाख ९१ हजार तीन सय ५३ कित्ता शेयर रु एक अर्ब ९४ करोड ७६ लाख २३ हजार नौ सय ९३ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब ५३ अर्ब ४२ करोड ४० लाख सात हजार सात सय ५४ बराबर रहेको छ । 
कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु २० करोड ८२ लाख ५६ हजार सात सय ४० बराबरको कारोबार भयो । यस्तै साल्टटे«डिङ कर्पोरेशन रु ११ करोड ४८ लाख ४७ हजार नौ सय ४७, जीवन विकास लघुवित्त रु छ करोड ५५ लाख ५५ हजार तीन सय, एनआइसी एशिया बैंक रु पाँच करोड ५५ लाख ९१ हजार दुई सय एक र सानिमा बैंक रु चार करोड ६५ लाख ७६ हजार चार सय ६९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार राप्ती हाइड्रोको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । दोर्दी खोला जलविद्युत् कम्पनी चार दशमलव १७, एनएमबी हाइब्रिड फण्ड एक तीन दशमलब ९६, कालिका पावर कम्पनी दुई दशमलब शुन्य चार र एनएमबी–५० का लगानीकर्ताले दुई दशमलव शुन्य दुई प्रतिशतले कमाएका छन् ।
यस्तै जीवन विकास लघुवित्त नौ दशमलव १५, उपकार लघुवित्त सात दशमलव ४२, हिमालयन डिस्टिलरी पाँच दशमलव ३१, वीन नेपाल लघुवित्त पाँच र समिट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले चार दशमलव ९६ प्रतिशतले गुमाएका छन् ।
 

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १७:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार