सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । ग्यास लिकपछि आगलागीमा परी घाइते भएका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा.चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार उनी सामान्यतर्फ फर्कंदै छन् । मुम्बाइको बर्न अस्पतालमा रहेका योगराज कँडेलले फेसबुक अपडेटमा लेखेका छन्, ‘खुसीको कुरा वहाँको ईटी ट्यूव निकालिएको छ ।’ कँडेलले बिहान ११ बजेको अपडेट भन्दै लेखेका छन, ‘आज विहान डा. मुकेश मिश्रा र डा. अमोल मात्रे दुई डाक्टरहरुसँग भर्खरै काउन्सिलिङ सम्पन्न भई सकेको छ ।’ ‘सवै पारामिटर नर्मल छन् । फोक्सोको तल्लो भागमा थोरै इन्फेकसन देखिएको तर डराउनु पर्ने अवस्था नरहेको डाक्टरबाट जानकारी प्राप्त भएको छ’ कँडेलले जानकारी दिँदै लेखेका छन्, ‘कल्चर रिपोर्ट आजै साँझसम्म आउने र सो बमोजिम इन्फेक्सनको पूर्ण जानकारी पश्चात एण्टीवायोटिकको मात्राको थप घट हुने चिकित्सक टोलीले जानकारी दिनु भयो ।’ डा.भण्डारीको शरीरमा अहिले ज्वरो देखिएको छैन । ‘प्रत्येक दिन छातिको फिजियो भई रहेको छ । सुन्नियको अनुहार पुरानो अवस्थामा फर्केको छ । कुनै कुनै ठाउँमा रातो रातो नयाँ छाला पलाएको देखिन्छ । डाक्टर र नर्सहरुको भनाई अनुसार तिम्रो विरामीले घेरै कुरा गर्न खोजिरहेका छन् तर हामी वुझेनौ भन्दै थिए’, कँडेलले लेखेका छन् । डराउनु पर्ने कुनै अवस्था नरहेको भन्दै कँडेलले लेखेका छन्, ‘मैले शिशा बाहिरबाट हेर्दा नर्सहरु दवाई दिँदै थिए । दाई उनीहरुसंग कुरा गरी रहेको देखेको अनुहार समेत राम्रो हुँदै गई रहेको टाठो गरी बोली रहनु भएको छ’, कँडेलले लेखेका छन्, ‘अहिले रिजरभायर व्याग मास्क वाट १५ लि. अक्सीजन दिइएको छ । अहिले पनि ट्रयालमै राखिएको हो । डाक्टरहरुको योजना बमोजिम १५ लिटरलाई घटाउँदै लगिनेछ ।’ गत बिहीवारदेखि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यमा सुधार आएपछि परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको हो । सोमवार बिहानसम्म नेता भण्डारीको सबै स्वास्थ्य ‘पारामिटर नर्मल’ रहेको छ । भण्डारीलाई अहिले ज्वरो नआएको र सुन्निएको भागसमेत घट्दै गएको छ । गत बुधबार राति आफ्नै निवासमा ग्यास लिक भइ आगलागी हुँदा सांसद भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । घटनालगत्तै दुवैजनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो। नेता भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो । भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको थियो ।