सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । साताको चौथो दिन बुधबार सेयर बजार बढेको छ । पुँजी बजार मापक नेप्से परिसूचक ३४ अंकभन्दा बढीले सेयर बढेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार, बिहीबार परिसूचक ३३.५७ अंकले बढेर २०८०.३८ विन्दुमा कारोबार बन्द भएको छ । १.६४ प्रतिशतले बढेको सेयर बजारमा ४७ लाख ७९ हजार ७९६ कित्ता सेयर किनबेच भएको छ । जसबाट १ अर्ब ८० करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आजको कारोबारमा ४९ कम्पनीको सयर मूल्य घटेको छ भने १६५ कम्पनीको सेयर मूल्य बढेको छ । ३ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन नभएको नेप्सेले जानकारी दिएको छ । आज दुई सय ६९ वटा कम्पनीको ४७ लाख ७९ हजार सात सय ९६ कित्ता शेयर ३९ हजार नौ सय ९६ पटक खरिद बिक्री हुँदा एक अर्ब ८० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारपछि लघुवित्त, म्युचुअल फन्ड र व्यापार समूहको उपसूचक क्रमशः ६१ दशमलव ५०, शून्य दशमलव ०२ र शून्य दमशलव ०८ अङ्कले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । आज सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ९६ दशमलव ३६ अङ्क र निर्जीवन बीमा समूहको उपसूचक एक सय ८० दशमलव ८५ अङ्कले बढेको छ । बैंकिङ समूह १६ दशमलव ८३, विकास बैंक समूह ८० दशमलव ५४, वित्त समूह ४८ दशमलव ९० र होटल तथा पर्यटन समूह ९४ दशमलव ९९ अङ्कले बढेको छ । त्यस्तै, जलविद्युत् समूह ९६ दशमलव ९२, लगानी समूह एक दशमलव ६३, उत्पादन समूह ७१ दशमलव ९० र अन्य समूह २६ दशमलव २५ अङ्कले बढेको छ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडका शेयर कारोबारीले आज सबैभन्दा धेरै ९ दशमलव ८० प्रतिशतले कमाएका छन् भने आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्ट्रिलरी लिमिटेडको रु १३ करोड २७ लाख ७५ हजार बराबरको शेयर खरिदबिक्री भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ग्लोबल आइएमई बैंकको दुई लाख २७ हजार चार सय ९७ कित्ता शेयर किनबेच भएको छ । आज लिबर्टी इनर्जी कम्पनी, छ्याङ्दी हाइड्रोपावर लिमिटेड, दोर्दीखोला जलविद्युत् कम्पनी नाफा कमाएका छन् । यस्तै, १ वटा कम्पनीको सेयर मूल्य भने १० प्रतिशतको हाराहारीमा घटेको छ । नेप्सेका अनुसार, आदर्श लघुवित्त वित्तिय संस्थाको १० प्रतिशतले मूल्य घटेको हो । आज हिमालय डिस्ट्रिलरी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको १३ करोड २७ लाख ७५ हजार रुपैँया बराबरको सेयर कारोबार भएको छ । ग्लोबल आइएमई लिमिटेडको सबैभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । उक्त बैंकको २ लाख २७ हजार ४९७ कित्ता सेयर कारोबार भएको छ । सबैभन्दा धेरै हिमालय डिस्ट्रिलरी लिमिटेडको १५६७ पटक कारोबार भएको छ ।