आफू नहुँदा राजनीतिमा फेरबदल हुने देखेपछि प्रधानमन्त्री प्रचण्डले रद्द गरे दोहा भ्रमण

सोमबार, फागुन १५, २०७९
मयुर प्लाई

काठमाडौँ । पहिलो विदेश भ्रमणका लागि कतारको दोहा जानको कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रद्द गरेका छन् । प्रधानमन्त्री प्रचण्ड अतिकम विकसित मुलुकहरू (एलडिसिज)को पाँचाैं सम्मेलनमा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम थियो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनले तताएपछि उनको दोहा भ्रमण रद्द भएको हो । राष्ट्रपति निर्वाचनकै कारण चुनावपछि बनेको ७ दलीय गठबन्धन भाँडिएको छ । एमाले–माओवादीबीचको बेमेलका कारण राष्ट्रपति निर्वाचनका लागि चुनाव अघिको गठबन्धन ब्युँतिएको छ । पछिल्लो गठबन्धनमा अहिले सरकारलाई समर्थन गरेका तीन दल पनि सामेल भएका छन् । राष्ट्रपति निर्वाचनका लागि दलहरुबीच प्रधानमन्त्रीको समन्वय तथा अगुवाईमा निरन्तर बार्ता-सम्बाद आवश्यक भएकाले प्रधानमन्त्री प्रचण्डले दोहा भ्रमण रद्ध गरेका हुन् ।
 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १०:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार