नेपाल लाइफ २१औँ वर्षमा

२८ लाख ८२ हजार ३४२ व्यक्ति बीमित
बुधबार, वैशाख २२, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड २१औँ वर्षमा प्रवेश गरेको छ । विसं २०५८ वैशाख २१ गते स्थापना भएको यो कम्पनील्े बीमित तथा सेवाग्राहीलाई निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले २१ औँ वार्षिकोत्सवका अवसरमा सन्देशमार्फत कोरोना भाइरसको महामारीमा पनि सरलरूपमा जीवन बीमा सेवा प्रवाह गर्न कम्पनीले कुनै कसूर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  कम्पनीले बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटबाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ । नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरू ई–सेवा, खल्ती, कनेक्ट आईपीएस, फोन पे, आईएमई पे तथा प्रभु पेलगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ ।
कम्पनीमा सर्वाधिक लगानी १११ दशमलव ४७ अर्ब रुपैयाँ रहेको छ भने सर्वाधिक जीवन बीमाकोष १०१ अर्ब २८ करोड रुपैयाँ र सर्वाधिक शेयरधनी कोष आठ अर्ब ८५ करोड रुपैयाँ भन्दा बढिरहेको कम्पनीले जनाएको छ । कम्पनीको सर्वाधिक चुक्ता पूँजी सात दशमलव १९ अर्बभन्दा माथि रहेको छ भने एक अर्बभन्दा बढी सर्वाधिक बजार पूँजीकरण रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।कम्पनीले सर्वाधिक आंशिक अवधि भुक्तानी रु ११ दशमलव ९८ अर्ब, सर्वाधिक पूर्ण अवधि भुक्तानी नौ दशमलव ७७ अर्ब रुपैयाँ तथा सर्वाधिक मृत्यु दाबी तीन दशमलव ७३ अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी गरिसकेको छ । कम्पनीमा एक लाख ७६ हजार ४३ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् भने कम्पनीले सेवाग्राही तथा ग्राहकका लागि देशभर फैलिएका २०० शाखा तथा उपशाखामार्फत जीवन बीमासम्बन्धी सेवा उपलब्ध गराइरहेको छ । कम्पनीमा हालसम्म वैदेशिक रोजगारसमेत गरी २८ लाख ८२ हजार ३४२ व्यक्ति बीमित भइसकेका छन् ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  ०८:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार