सोमबार पनि २४.६८ अंकले घट्यो नेप्से, कारोबार सवा अर्बमाथि

सोमबार, फागुन २९, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । साताको दोस्रो कारोबार दिन पनि सेयर बजार घटेको छ । पुँजी बजार मापक नेप्से परिसूचक २४ अंकभन्दा बढीले घटेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, सोमबार परिसूचक २४.६८ अंकले घटेर १९५१.२१ विन्दुमा कारोबार बन्द भएको छ । 
आज १.२५ प्रतिशतले घटेको सेयर बजारमा ३३ लाख ६९ हजार १३६ कित्ता सेयर किनबेच भएको छ । जसबाट १ अर्ब १६ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
साताको पहिलो दिन आइतबार करिब २७ अंकले घटेको सेयर बजारमा घट्ने क्रम सोमबार पनि कायमै रह्यो ।
आजको कारोबारमा १८७ कम्पनीको सेयर मूल्य घटेको छ भने २४ कम्पनीका सेयर मूल्य बढेको छ । ५ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन नभएको नेप्सेले जानकारी दिएको छ ।
सेयर बजार घटे पनि शुभम् पावर लिमिटेड, युनिक नेपाल लघुवित्त वित्तीय संस्था र ग्रिन भेन्चर लिमिटेडले भने नाफा कमाएका छन् । 
यस्तै, एउटा कम्पनीको सेयर मूल्य भने ७ प्रतिशतको हाराहारीमा घटेको छ । नेप्सेका अनुसार, खप्तड लघुवित्तको ७.६२ प्रतिशतले मूल्य घटेको हो ।
आज एनआइसी एसिया बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको ६ करोड २४ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
अरुण भ्याली हाइड्रोपावर लिमिटेडको सबैभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । उक्त कम्पनीको १ लाख ३७ हजार ५३९ कित्ता सेयर कारोबार  भएको छ ।  सबैभन्दा धेरै सुपरमादी हाइड्रोपावर लिमिटेडको १६८० पटक कारोबार भएको छ  ।
आजको कारोबारपछि नेप्से परिसूचक एक हजार नौ सय ५१ दशमलव २१ विन्दुमा कायम भएको छ ।
आज दुई सय ५६ कम्पनीको ३३ लाख ६९ हजार एक सय ३६ कित्ता शेयर २६ हजार आठ सय ५० पटक खरिदबिक्री हुँदा रू एक अर्ब १६ करोड २५ लाख तीन हजार बराबरको कारोबार भएको छ ।
आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ६५ दशमलव ०१ अङ्कले घटेको छ । त्यस्तै, निर्जीवन बीमा समूहको उपसूचक ८२ दशमलव ७४ अङ्कले र लघुवित्त समूहको उपसूचक ६० दशमलव ८४ अङ्कले घटेको छ । बैंकिङ समूह २० दशमलव ३६, विकास बैंक समूह ३७ दशमलव २२, वित्त समूह १३ दशमलव ८९, होटल तथा पर्यटन समूह २५ दशमलव १० र जलविद्युत् समूह १६ दशमलव ३५ अङ्कले घटेको छ । 
त्यसैगरी, लगानी समूह शून्य दशमलव ६२, उत्पादन तथा प्रशोधन समूह ४४ दशमलव १२, व्यापार समूह ३० दशमलव ६१ र अन्य समूह १३ दशमलव ७४ अङ्कले घटेको नेप्सेले जनाएको छ । आज सबैभन्दा धेरै शुभम् पावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेको छ भने खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै सात दशमलव ६२ अङ्कले घटेको छ ।
आज एनआइसी एसिया बैंक लिमिटेडको रू छ करोड २४ लाख ५६ हजार सात सय ४५ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा अरुण भ्याली हाइड्रोपावर लिमिटेडको एक लाख ६७ हजार पाँच सय ३९ कित्ता शेयर किनबेच भएको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार