राष्ट्रपति रामचन्द्र पौडेललाई अन्तर्राष्ट्रिय क्षेत्रबाट बधाई

सोमबार, फागुन २९, २०७९
मयुर प्लाई

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई अन्तर्राष्ट्रिय क्षेत्रबा बधाई आउन थालेको छ । त्यस क्रममा निकट छिमेकी भारत, चीन र अमेरिकाले बधाई ज्ञापन गरेका छन् ।  राष्ट्रपतिको शपथ लिएर कार्यभार सम्हालेकै दिन संयुक्त राज्य अमेरिका तथा भारका तर्फबा बधाई आएको हो । पौडेलले नयाँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाले लगत्तै अमेरिकाका तर्फबाट काठमाडौँस्थित अमेरिकी राजदूतावासले आज उनलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ ।

भारतीय राष्ट्रपतिको पनि बधाई
नवनिर्वाचित राष्ट्रपति पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई ज्ञापन गरेकी छन् ।
आज पद तथा गोपनीयताको शपथ लिएका राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मुले एक पत्र लेखी नेपालको राष्ट्रपतिमा नियुक्त हुनुभएकामा आफू र भारतीय नागरिकका तर्फबाट हार्दिक बधाई ज्ञापन गरेकी हुन् ।  

Draupati murmu1658418564.jpeg
पत्रमा उनले भारत र नेपालबीच छिमेकी देशका हैसियतले निकै लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध रही आएको र दुई देशका नागरिकबीच जनसम्पर्क महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।
पत्रमा भारतीय राष्ट्रपति मुर्मुले भारत र नेपालबीचको निकै पुरानो सम्बन्धमा पछिल्ला केही वर्ष यता उल्लेखनीय प्रगति हुँदै गएको र यसका माध्यमबाट दुवै देशका नागरिकले पारस्पारिक लाभ लिन सकेका उल्लेख गरेकी छन् ।
राष्ट्रपति पौडेलको कार्यकालमा उनको नेतृत्वमा भारत र नेपालबीच बहुपक्षीय र बृहत्तर सम्बन्ध थप सुदृढ बन्ने कुरामा आफू विश्वस्त रहेको पनि राष्ट्रपति मुर्मुको सो बधाई सन्देशमा उल्लेख छ ।
द्विपक्षीय सम्बन्ध र साझेदारीका क्षेत्रमा आगामी दिनमा नजिक रहेर काम गर्न आफू इच्छुक रहेको उनले बताएकी छन् ।

पौडेललाई चीनको पनि बधाई
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई चीनले बधाई दिएको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सङ्गले छिमेकी मुलुक चीन सरकारका तर्फबाट राष्ट्रपतिमा निर्वाचित हुनुभएकामा पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।

china-flag1667824065.jpg
उनले राष्ट्रपति पौडेल नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास पनि व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  २०:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार