बैंक तथा वित्तीय संस्थाविरूद्धको आन्दोलन फिर्ता

मंगलबार, फागुन ३०, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलनरत उद्योगी व्यवसायीले आफ्नो विरोधका कार्यक्रम फिर्ता लिएका छन् । उद्योगी व्यवसायीको माग सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार भएपछि आन्दोलनका कार्याक्रम फिर्ता लिइएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।  ब्याजदर घटाउनका लागि पहल गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासनपछि व्यवसायीले विरोधका कार्यक्रम आजैदेखि फिर्ता लिएका हुन् ।
बैंक तथा वित्तीय संस्थामा चर्को ब्याजदरका कारण व्यवसाय गर्न कठिन भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल व्यापार संघ, नाडा अटोमोबाइल्स एसोसिएसनलगायत निजी क्षेत्रका छाता संगठनमा आबद्ध व्यवसायी आन्दोलित थिए । उद्योगी व्यवसायीहरुले बैंक तथा वित्तीय समस्या संघर्ष समिति बनाएर पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशभर आन्दोलन गर्दै आइरहेका थिए ।

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १९:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार