अग्ला स्थानमा काम गर्न प्रयोग हुने 

ललितपुर महानगरले ल्यायो स्काई लिफ्टिङ 

अग्ला स्थानमा काम गर्न प्रयोग हुने 
बिहीबार, चैत २, २०७९

ललितपुर । ललितपुर महानगरले स्काई लिफ्टिङ ल्याएको छ । बिरुवाको हाँगा काट्न (ट्रिमिङ गर्न), स्मार्ट सडक बत्ती सरसफाई गर्न र नयाँ जडान गर्न, अव्यवस्थित तार काट्न, होडिङ बोर्ड निकाल्न यसको प्रयोग हुने महानगरले बताएको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले स्काई लिफ्टिङ बहुउपयोगी भएको बताए । उनले भने, ‘ट्रि ट्रिम गर्न, सडकबत्ती जडानदेखि सरसफाइसम्म यसको प्रयोग गर्छौ । ’

Lifting1678960077.jpgसजिलो र सुरक्षित ढंगबाट काम सम्पन्न गर्न यो साधन निकै उपयोगी हुने उनले दाबी गरे । महानगरले यसअघि विरुवालाई नुहाइदिन विशेष किसिमको पानी ट्याङकर खरिद गरेको थियो । उक्त ट्याङकरले विरुवामा पानी हाल्दा धुलाम्य विरुवा सफा देखिन्छ । महानगरले यो ट्याङकरबाट विरुवामा पानी हिउँद महिनामा हाल्ने गर्छ । हिउँदमा आकाशबाट पानी नपर्दा धुलाम्य भएका विरुवा यो ट्याङकरबाट पानी हाल्दा सुकिला र चिल्ला देखिन्छन् ।  
महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले सहरलाई सुन्दर र सफा बनाउनका लागि यो साधन उपयोगी हुने बताए । भने, ‘महानगरले काम छिटो र चुस्त हुन्छ । ’ सवारीसाधनमा जडित यो स्काई लिफ्टिङ सवारी चालकको कन्ट्रोलमा रहन्छ ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १५:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार