सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरका छन् । प्रधानमन्त्रीले आफूलाई संसदको विश्वास रहेको भन्दै राखेको प्रस्तावको पक्षमा १७२ मत परेको छ भने विपक्षमा ८९ मत परेको छ । सोमबार २६२ जना उपस्थित थिए । ती मध्ये १ जनाले मतदानमा सहभागी भएनन् ।गत पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले तीन महिना नपुग्दै दोस्रो पटक विश्वासको मत लिएका हुन् । प्रस्तावको पक्षमा १३८ मत आवश्यक पर्दछ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा एमालेसहितको गठबन्धनमा तोडिएका कारण एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्था बनेको हो । प्रस्तावको पक्षमा नेपाली काँग्रेससहित ११ दलले मत दिएका थिए भने विपक्षमा एमाले, राप्रपा र नेमकिपाले विपक्षमा मत दिएका हुन् ।