जसपाकी मञ्जु शर्मा बनिन् समानुपातिक सांसद

मंगलबार, चैत ७, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ  । जनता समाजवादी पार्टी (जसपा) बाट मञ्जु शर्मा प्रतिनिधि सभाको समानुपातिक सांसद बनेकी छन् । निर्वाचन आयोगको सोमबारको बैठकले शर्मालाई सांसद निर्वाचित भएको घोषणा गरेको हो ।
निर्वाचन आयोगले सोमबार विज्ञप्ति जारी गर्दै भनेको छ, '२०७९ सालको प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत जनता समाजवादी पार्टी, नेपालबाट बन्दसूचीको क्रम ५२, लिङ्ग महिला, समावेशी समूह मुस्लिम, समावेशी समूहभित्रको प्राथमिकता क्रम १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी शहनाज रहमानको निधन भई प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त हुन आएकोमा सो रिक्त हुन आएको पदमा बन्दसूचीको क्रम ५३, लिङ्ग महिला, समावेशी समूह मुस्लिम, समावेशी समूहभित्रको प्राथमिकता क्रम २ मा रहनुभएका मतदाता नम्बर ०६७४६२४९ को मन्जु शर्मालाई प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० को उपदफा (२) र प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४७ को उपनियम (५) बमोजिम प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको घोषणा गरिएको छ ।'  
आयोले निर्वाचित भएका उम्मेदवारको नामावली नेपाल राजपत्रमा प्रकाशन गर्ने तथा प्रमाणपत्र प्रदान गर्ने निर्णय गरिएको जनाएको छ । शर्मा प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको जानकारी संघीय संसद र सम्बन्धित दललाई पनि दिइने आयोगका उपसचिव एवम् सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  ०७:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार