सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले बैशाख १० गते हुने उपचुनावको विषयमा छलफल गर्न आज कार्यकारी समितिको बैठक डाकेको छ । आज दिउँसो एक बजे बालकुमारीस्थित पार्टी कार्यालयमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए । बैठकमा उपचुनाव, सरकारमा मन्त्री पठाउने, विधान अधिवेशनलगायतका विषयमा छलफल हुने छ । बैशाख १० गते चितवन, तनहुँ र बारा जिल्लाको तीन वटा क्षेत्रमा हुन लागेको उपचुनावमा पार्टीले के गर्ने त्यसको बारेमा पनि छलफल गर्नेछ । उपचुनावका लागि चैत २० गते उम्मेदवारी दर्ता गराउने कार्यतालिका तय भएको छ । बारा २ मा हुने उप निर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने लगभग तय छ । त्यसको आधिकारिक निर्णय हुन बाँकी छ । क्षेत्र, जिल्ला, प्रदेश हुँदै उम्मेदवारको विषयमा निर्णय भएर आउनुपर्ने हुन्छ ।