भारतमा पेट्रोल, डिजेलको मूल्यवृद्धि, नेपालमा पनि पर्छ यसको असर

बिहीबार, वैशाख २३, २०७८
मयुर प्लाई
Global Ime Bank

नयाँ दिल्ली । भारतमा पेट्रोल र डिजेलको बुधबार पुनः मूल्यवृद्धि भएको छ । मङ्गलबार पनि यी दुई पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको थियो ।  पेट्रोलको मूल्य प्रतिलिटर भारु १९ पैसा र डिजेलको मूल्य भारु २१ पैसा वृद्धि भएको छ । राजधानी नयाँ दिल्लीमा पेट्रोल प्रतिलिटर भारु ९०.७४ कायम भएको छ भने डिजेलको मूल्य भारु ८१.१२ रहेको छ । भारतीय तेल कम्पनीहरुले मङ्गलबार पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेका थिए । मङ्गलबार प्रतिलिटर पेट्रोलमा ६७ पैसा र डिजेलमा १८ पैसा वृद्धि भएको थियो । सरकारी स्वामित्वका इन्डियन आयल कर्पोरेसन, बिपिसिएल र एचपिसिएलले गत वर्षको मार्च यता पेट्रोलमा प्रतिलिटर भारु २१.५८ र डिजेलमा भारु १९.१८ ले वृद्धि गरिसकेका छन् ।– पिटिआई
 

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  ०८:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार