सरकारमा जाने-नजानेबारे निर्णय लिँदै लोसपा

बिहीबार, चैत ९, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । वैशाख १० गते हुन हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकारमा सहभागिताका बारेमा निर्णय गर्न लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै छ ।

 

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको लोसपा सरकारमा सहभागी हुने नेताको छनौटका बारेमा छलफल गर्ने बुझिएको छ ।

यस्तै बारा–२ मा हुन हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्नका लागि बैठक बोलाएको कार्यकारिणी समितिका सदस्य केशव झाले जानकारी दिए ।

लोसपाले बारा–२ मा हुने उपनिर्वाचनमा नवलकिशोर सिंहलाई उम्मेदवार बनाउने तयारी गरेपनि सत्तारुढ गठबन्धनमा साझा उम्मेदवार तय गर्ने अवस्थामा के गर्ने ? भन्ने बारेमा पनि बैठकमा छलफल हुनेछ ।

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १०:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार