लोसपा सरकारमा जाने, उपनिर्वाचनका लागि दल दर्ता गर्ने 

शुक्रबार, चैत १०, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले दश दलीय गठबन्धनमा सम्मानजनक भाग लिएर सरकारमा जाने निर्णय गरेको छ ।
पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकपछि गठबन्धन दलसँग कुरा गर्ने जिम्मेवारी पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको नेता शरदसिंह भण्डारीले बताए । 
उनले भने, ‘जनताले चुनावबाट गठबन्धनलाई अनुमोदन गरेका थिए । तर, सरकार बन्ने बेलामा राजनीति ट्रयाक बाहिर गयो । अहिले ट्रयाकमा फर्केको छ। यसलाई पाँच बर्षसम्म जोगाएर लानुपर्छ ।’
यस्तै, बैठकले पार्टीलाई नयाँ शिराबाट विकास गर्नको लागि संगठनलाई सुदृणिकरण अभियान चलाउने निर्णय गरेको छ । लोसपाले वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १०:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार