राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचन हुने तनहुँ, चितवान र बाराका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने

शनिबार, चैत ११, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैशाख १० गते तनहु, बारा र चितवनमा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समितिको बैठकले तनहुँ १, चितवन २ र बारा २ मा उम्मेदवारी दिने निर्णय गरेको हो । उसले तीनवटै निर्वाचन क्षेत्रमा गठबन्धन बिना नै उम्मेदवार दिने निर्णय गरेको छ ।
रास्वपाले उपनिर्वाचनलाई केन्द्रित गरी निर्वाचन क्षेत्रको संयोजकसमेत तोकेको छ । चितवन–२  मा  उपसभापति डोलप्रसाद अर्याल, तनहुँ–१ मा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र बारा–२ मा केन्द्रीय सदस्य गणेश कार्कीलाई संयोजक तोकेको छ ।

 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  ०५:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार