सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा दश दलीय बैठकमा पेश

बुधबार, चैत १५, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । सत्ता साझेदार दलको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएका हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका हुन् ।
न्यूनतम साझा कार्यक्रमको मस्यौदामा विस्तृत छलफल भएर आज टुङ्गोमा पुरयाउने गठबन्धन दलबीच सहमति भएको छ । गठबन्धनको बैठक आज बिहान पुनः बस्दैछ ।

10 dal1680046705.jpg
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायतका नेता सहभागी थिए ।Pro_Ktm_10dal_Baithak(4)1680046785.jpg

 

 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  ०५:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार