भोलि मन्त्रीहरुको शपथग्रहण गराउने तयारी

सत्ता गठबन्धनमा मन्त्रालयको भागवण्डा टुंगियो

काँग्रेसलाई ८ मन्त्रालय, नाउपा पनि सरकारमा जाँदै 
बुधबार, चैत १५, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । दश दलीय सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँटमा सैद्धान्तिक सहमति भएको छ । जसपा नेता राजेन्द्र श्रेष्ठले मन्त्रालय बाँडफाँटमा सैद्धान्तिक सहमति भइसकेको दाबी गरे ।  भोलि मन्त्रीहरुको शपथग्रहण गराउने तयारी गठबन्धन दलको छ । 
मन्त्रालयको संख्याबारे शीर्ष नेताहरुसँग अझै एकपटक छलफल हुने छ । 
गठबन्धनमा रहेका ९ दलबीच २१ वटै मन्त्रालयको बाँडफाँट गरिएको छ । रास्वपालाई तत्काल भाग छुट्याइएको छैन । 
सहमतिअनुसार कांग्रेस ८, माओवादीलाई प्रधानमन्त्रीसहित ५, नेकपा एस २, जसपालाई २, जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भएको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १८:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार