अनलाइन ठगी धन्दामा चिनियाँ सम्लग्न, अपरेशन टिचर्स नामको च्यानलमार्फत अनलाइन कक्षा

बिहीबार, चैत १६, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । अनलाइनबाट ठगी गर्ने चिनियाँ नागरिकसहितका समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइनबाट ठगी गर्ने नौ चिनियाँ नागरिकसहित १९ जनालाई सार्वजनिक गरेको छ । उनीहरूले ब्यापारबाट ठूलो कमाइ हुने लोभ देखाएर ह्वाट्एपमार्फत चिनजान गरी अपरेशन टिचर्स नामको च्यानलमार्फत अनलाइन कक्षा सञ्चालन गरी ठगी गरेको खुलेको प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । उनीहरूबाट ठगी कार्यमा प्रयोग भएका विभिन्न विद्युतीय सामग्री बरामद गरिएको छ ।
पक्राउ पर्नेमा दोलखा घर भई काठमाडौँ बस्ने वुद्धिराज श्रेष्ठ, नुवाकोटका इन्द्र तामाङ, सोही जिल्लाका रामकुमार लामा, काठमाडौँ बूढानीलकण्ठका प्रयास भण्डारी, दोलखाका अर्जुन श्रेष्ठ, उदयपुरका अनिता मगर, लमजुङका सुनिता गुरुङ, रामेछापका रविना सुनुवार, गोरखाका अनु गुरुङसहित नौ जना चिनियाँ नागरिक रहेका छन् ।
उनीहरूबाट १२ थान ल्यापटप, ७४ थान सिमकार्ड, ७७ मोबाइल र नगद चार लाख बरामद गरिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  ०४:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार