बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा सिन्धुलीका डा. नरविक्रम थापा नियुक्त

बिहीबार, चैत १६, २०७९

काठमाडौं । बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा सिन्धुलीका प्राध्यापक डा नरविक्रम थापा नियुक्त भएका छन् । बसेको बागमती प्रदेशको मन्त्रिपरिषद्को बुधबारको बैठकले थापालाई उपाध्यक्षमा नियुक्त गरेको हो ।
बैकठले आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठलाई बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ ।
२०८० वैशाख १ गतेदेखि बागमती प्रदेश सरकार मातहतका सरकारी कार्यालयमा विद्युतीय हाजिर लागू गरिने सरकारका प्रवक्ता श्रेष्ठले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले चेपाङ्गहरूको न्वागी र माझी समुदायको लदी पर्वको अवसरमा समुदायगत रुपमा बिदा दिने निर्णय गरेको छ ।

 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  ०५:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार