तनहुँमा गोविन्द भट्टराई, चितवनमा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

बिहीबार, चैत १६, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं। नेपाली कांग्रेसले वैशाख १० गते हुने उपनिर्वाचनका लागि दुईवटा क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । पार्टी कार्यालय सानेपामा बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तनहुँ १ मा केन्द्रीय सदस्य गोविन्द भट्टराई र चितवन २ मा जीत नारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 
बारा २ मा भने कांग्रेसले उम्मेदवार तय गरेको छैन । यो क्षेत्रमा जसपालाई सघाउने कांग्रेसको तयारी छ। तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
यस्तै रास्वपाका रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएपछि चितवन २ मा पनि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २० सम्म मनोनयन दर्ताको समय तोकेको छ।
 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार