बालुवाटारमा सत्तारुढ दलको बैठक मन्त्रिपरिषद् विस्तारबारे छलफल

पूर्णबहादुर खड्का उपप्रधानसहित रक्षामन्त्री बन्दै
बिहीबार, चैत १६, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । मन्त्रालय भागवण्डासहितको छलफलका लागि सत्तारुढ दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । बैठकमा मन्त्रालयको  भागवण्डा टुङ्गो लगाउनेबारे छलफल हुने छ । मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत, लोसपाका नेता शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायतको सहभागिता छ ।
यसैबीच कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ८ जना सांसद्‍लाई मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय सम्पादन समितिको बैठकले सभापति शेरबहादुर देउवालाई मन्त्रिपरिषद्मा पठाउने सदस्यको नामावली छनोट गर्ने जिम्मा दिएको थियो । सभापति देउवा निकटका नेताका अनुसार पूर्णबहादुर खड्का उप प्रधानसहित रक्षा मन्त्री बन्ने छन् । परराष्ट्र मन्त्रीमा रमेश रिजाल, सामान्य प्रशासन मन्त्रीमा धनराज गुरुङ, शहरी विकास एनपी साउद, भूमि ब्यवस्था मन्त्रीमा सीता गुरुङ, न्याय, कानून तथा संसदीय मामिला मन्त्रीमा डिगबहादुर लिम्बू,  अर्थमन्त्री प्रकाशशरण महत तथा  स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रुपमा मोहन बहादुर बस्नेत हुने छन् । 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १९:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार