फेरि बढ्यो कोरोना सङ्क्रमण 

शनिबार, चैत १८, २०७९

काठमाडौँ । केही दिनयताको तथ्याङ्क नियाल्दा नेपालमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढेको देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालन भइरहेको छ । 
स्वाथ्य मन्त्रालयका अनुसार शुक्रबार एक हजार ७९ जनामा गरिएको परीक्षणमा एक सय ४२ जनामा सङ्क्रमण देखिएको छ । यसअघि चैत १६ गते ४२, चैत १५ गते ३४, चैत १४ गते २४ र चैत १३ गते ६९ जनामा सङ्क्रमण देखिएको थियो । सङ्क्रमित बढेसँगै सक्रिय सङ्क्रमित पनि बढेको पाइएको छ । शुक्रबार सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ६३ पुगेको छ । 
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा सङ्क्रमण बढिरहेकाले खुला सीमा नाका कारणले त्यसको असर नेपालमा परेको बताए । खुला सीमा नाकाबाट सङ्क्रमित नेपाल भित्रिएको हुनाले सङ्क्रमण बढेको हो । भारतको उत्तर प्रदेशमा सङ्क्रमण बढिरहेको छ । 
 

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  ०६:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार