रास्वपाले दियो रवि लामिछाने, डा स्वर्णिम वाग्ले र रमेश खरेललाई टिकट

तीनैजना निर्वाचित हुने दाबी
आइतबार, चैत १९, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने, डा स्वर्र्णिम वाग्ले र रमेश खरेललाई टिकट दिएको छ ।
रास्वपा पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा चितवन–२ मा सभापति लामिछाने, तनहुँ–१ मा डा. वाग्ले र बारा–२ मा खरेललाई पार्टीका केन्द्रीय निर्वाचन आयोगका प्रमुख नारायणप्रसाद प्याकुरेलले उम्मेदवारलाई टिकट दिएका हुन् ।
पत्रकार सम्मेलनमा पार्टी सभापति लामिछानेले तीनै जना उम्मेदवार आगामी उपनिर्वाचनमा निर्वाचित हुने विश्वास व्यक्त गरे ।
रास्वपाका उम्मेदवार डा स्वर्णिम वाग्लेले नयाँ राजनीतिक युगको सुरुआत गर्दै देश विकासका लागि एकजुट भएर उम्मेदवारी दिएको बताए । यस्तै अर्का उम्मेदवार रमेश खरेलले देश विकासका लागि आफूहरू एकजुट भएको बताए ।

 

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  ०३:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार