त्रिवि शिक्षण अस्पताल भर्ना भएका राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट, स्वास्थ्यलाभको कामना

आइतबार, चैत १९, २०७९

काठमाडौँ । पेटमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्  ।  आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगी प्रधानमन्त्री दाहालले उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । पेटमा समस्या देखिए पछि राष्ट्रपति पौडेल शनिबार अस्पतालमा भर्ना भएका थिए ।  प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १२:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार