निर्वाचन परिणाम आफ्नो पक्षमा ल्याउने काँग्रेसको रणनीति

बारा २ मा उपेन्द्र यादवलाई समर्थन गर्ने कांग्रेसको निर्णय, बागी उम्मेदवारमाथिको कारवाही फुकुवा

आइतबार, चैत १९, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेपाली कांग्रेसले बारा–२ को उपचुनावमा आफ्नो दलका तर्फबाट उम्मेदवार नउठाउँदै सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ । गत मंसिर ४ मा भएको निर्वाचनमा उपेन्द्र यादव पराजित भएका थिए । बारा–२ बा उम्मेदवार भएका रामसहाय यादवलाई उपराष्ट्रपति बनाउँदै उपेन्द्रले यहाँबाट संसद् प्रवेशको ढोका खोलेका थिए । उनको यो चाहनामा काँग्रेसले पनि साथ दिएको छ ।
आइतबार बसेको काँग्रेसको कार्यसम्पादन समितिको बैठकले उपचुनाव हुने तीन वटै क्षेत्रमा गठबन्धनको साझा उम्मेदवारी बनाउने गरी बारा २ मा यादवलाई समर्थन गर्ने निर्णय गरेको हो । कांग्रेसले चितवन २ मा पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ ।

तनहुँ र बारामा निर्वाचनको माहोल बनाउन नेताहरुको कारवाही फुकुवा
नेपाली कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र चितवनका पूर्वसभापति विकास कोइरालामाथि गरिएको कारबाही फुकुवा गरेको छ ।
केन्द्रीय कार्यसम्पपादन समितिको आइतबार बसेको बैठकले उनीहरुमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो । 
जोशी र कोइरालाले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिँदा गरिएको कारबाही फुकुवा गरिएको छ ण्।
‘बारा, चितवन र तनहुँको हकमा स्वतन्त्र उठेकाहरुको कारबाही फुकुवा भएको छु, बैठकमा सहभागी सहमहामन्त्री बद्री पाण्डेले भने,  ुयो वा त्यो व्यक्तिभन्दा पनि नीतिगत निर्णय गरेका हौँ। यसमा बागी र स्वतन्त्र उठ्नेहरु पर्नु भएको छ।ु
२०७४ को निर्वाचनमा तनहुँ–१ मा तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध जोशीले बागी उम्मेदवारी दिएका थिए।
जोशीले बागी उम्मेदवारी दिए पछि कांग्रेसले जिल्ला कार्यसमिति तनहुँको सिफारिसमा कारबाही गरेको थियो । जोशीकै बागीका कारण मत काटिँदा पौडेल नेकपा एमालेका किसान श्रेष्ठसँग पराजित भएका थिए । 
मंसिर ४ मा भएको निर्वाचनमा पनि जोशीले उम्मेदवारी दिएका थिए। तर पौडेल नेकपा एमालेका एकबहादुर रानालाई फराकिलो मतले हराए।
तनहुँ १ बाट रामचन्द्र उठ्ने भएपछि पाँच दलीय गठबन्धमा रहेको नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठ बारा पुगेका थिए।
२०७४ आफूलाई हराउने श्रेष्ठले ठाउँ खाली गरिदिएपछि मंसिर ४ को निर्वाचनमा सजिलै विजयी पौडेल फागुन २५ गते राष्ट्रपति भइसकेका छन्। 
तनहुँ १ मा मंसिर ४ को निर्वाचनमा कांग्रेसबाट विद्रोह गरेका जोशीले ६ हजार ८८६ मत ल्याएर तेस्रो भएका थिए। 
त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले तनहुँ १ मा ६ हजार ४४ मतसहित चौथो भएका थिए।
यद्यपि, भ्रष्टाचारको अभियोगमा जोशीको मुद्दा विचाराधीन नै रहेकाले उनको उम्मेदवारी भने निर्वाचन आयोगले खारेज गरेको थियो।
जोशीलाई विषेश अदालतले २०६९ साल साउन १० गते भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो। 
विषेशको फैसला विरुद्ध जोशीले सर्वोच्च अदालतमा पुनरावेदन दिएका छन्। सर्वोच्चमा जोशीको मुद्दा विचाराधीन छ।
जोशी विगतमा गृह र शिक्षा, जलस्रोत, खेलकुदलगायत मन्त्री भइसकेका थिए भने कांग्रेसको सहमहामन्त्री पनि बनेका थिए । 
यस्तै तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरुद्ध साविक चितवन क्षेत्र नम्बर ४ मा दोस्रो संविधानसभा चुनावमा विरुद्ध विकासले बागी उम्मेदवारी दिएका थिए ।
सभापतिविरुद्ध बागी बनेपछि कांग्रेसले २०७० कात्तिक २ गते क्रियाशील सदस्यता खारेज गर्दै उनलाई कारबाही गरेको थियो। 

१२ औं महाधिवेशनबाट उनी जिल्ला सभापतिमा निर्वाचित भएका थिए। २०६७–०६९ सम्म चितवन कांग्रेसको नेतृत्वमा थिए।
बैठकले बारा, चितवन र तनहुँमा ०७९ को निर्वाचनमा भन्दा पहिला स्वतन्त्र उम्मेदवारी दिएका र अनुशासन उल्लंघन गरेको नेताहरुमाथि गगरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । ‘०७९ को निर्वाचनको हकमा उपचुनावमा खेल्ने भूमिकालाई हेरेर निर्णय गर्ने भन्ने भएको छ,’ सहमहामन्त्री पाण्डेले भने । 

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १३:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार