नागरिक उन्मुक्तिले पनि सबै क्षेत्रमा उम्मेदवारी दिने 

सोमबार, चैत २०, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ ।  सत्तारुढ १० दलीय गठबन्धनमा रहेको उन्मुक्ति पार्टीले अन्य कुनै दललाई पनि समर्थन नदिने जनाउँदै तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउन लागेको हो । 
पार्टीका नेता लक्ष्मण थारुका अनुसार बारा–२ मा रामचन्द्र चौधरी, चितवन–२ मा राजेश अधिकारी र तनहुँ– १ बाट भीम सुनारलाई पार्टीले उम्मेदवार बनाएको छ । आज सबन्धित निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन गरिनेछ । 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १४:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार