सोसल मिडिया
Contact Us
युनिकोड
बारा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारा–२ मा उम्मेदवारी दर्ताका गरेका छन् । १० वैशाखमा हुने उपनिर्वाचनका लागि उनले कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् । यादव गत मंसिरको चुनावमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए । यो क्षेत्रमा एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, रास्वपाबाट रमेश खरेलले उम्मेदवारी दिँदैछन् ।