तनहुँ–१ को उपनिर्वाचनमा हेभिवेट भिडन्त

काँग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र रास्वपाका स्वर्णिम वाग्लेको मनोनयन 
सोमबार, चैत २०, २०७९
मयुर प्लाई
Global Ime Bank

तनहुँ । तनहुँ १ मा हुने उपनिर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेवदवारले मनोनयन दर्ता गराएका छन् । काँग्रेसबाट केन्द्रीय सदस्य गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल तथा रास्वपाबाट स्वर्णिम वाग्लेले मनोनयन दर्ता गराएका हुन् । 

Govinda1679891479.jpg
एमालेका खनालको उनको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एक बहादुर राना छन् । काँग्रेसका भट्टराईको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन् । मनोनयन दर्ता गराउँदा भट्टराईले नेकपा माओवादी केन्द्रका नेता हरिबहादुर चुमान पनि साथै लागेका थिए ।

swarnim1680178784.jpg
१० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ । 
१० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ ।
यहाँ नेपाली कांग्रेसबाट गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले पनि मनोनयन दर्ता गराइसकेका छन् । 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १४:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार