सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक सङ्घले यही चैत २२ गतेदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो । निगमले सोमबार हवाई इन्धनको प्रतिलिटर १० ले कटौती गरेको थियो । उडान हुने क्षेत्र हेरी एक सय १० रुपैयाँ देखि चार सय ४० रुपैयाँसम्म भाडा घटेको छ । काठमाडौँबाट धनगढीको उडानमा सबैभन्दा धेरै चार सय ४० भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई यात्राका लागि मात्र सात हजार पाँच सय १० तिर्नुपथ्र्यो । अब सात हजार ७० रुपैयाँ हवाई भाडामा यात्रुले यो दूरी पार गर्न पाउने छन् । काठमाडौँबाट हुने माउन्टेन फ्लाइट को भाडा तीनसय ४५ घटेर अधिकतम भाडा पाँच हजार चार सय ९० कायम भएको छ । काठमाडौँ–भद्रपुर रुटमा तीन सय, विराटनगरमा दुई सय ४०, जनकपुरका लागि एक सय ३०, पोखराका लागि एक सय ५५, भरतपुरका लागि एक सय १०, भैरहवाको दुई सय पाँच, नेपालगञ्जका लागि एक सय ८५ र सुर्खेतका लागि तीन सय ४५ रुपैयाँ हवाई भाडा घटेको छ ।