राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट ‘डिस्चार्ज’

बुधबार, चैत २२, २०७९

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट शितल निवास फर्केका छन् । उनी पेटमा समस्या देखिएपछि गत शनिबार अस्पताल भर्ना भएका थिए । अस्पतालका प्रशासन प्रमुख वैकुण्ठप्रसाद थपलियाद्वारा जारी प्रेस विज्ञप्तिमा राष्ट्रपति पौडेल स्वास्थ्य लाभ गरी आज अस्पतालबाट ‘डिस्चार्ज’ भएको उल्लेख छ ।   
राष्ट्रपति  पौडेललाई केही समय पूर्णरुपमा आराम गर्न चिकित्सकहरुले सुझाव दिएका छन् । यसैबीच राष्ट्रपति पौडेलले आफ्नो उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, त्रिवि शिक्षण अस्पताल परिवार तथा स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा धन्यवाद व्यक्त गरको उनको सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १६:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार