मिटरब्याज पीडितका माग समेट्न फेरि अर्काे वार्ता समिति

शुक्रबार, चैत २४, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । मिटरब्याज पीडितको समस्या समाधान गर्न आयोग नै गठन गरेको सरकारले फेरि अर्काे वार्ता समिति बनाएको छ । एक साता अघि सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न आयोग गर्ने निर्णय गरेको थियो । आयोग गरेको केही दिनमै अर्काे मिटरब्याज टोली काठमाडौं आएर धर्ना दिन सुरु गरेपछि सरकारले फेरि बार्ता टोली गठन गरी समस्या समाधानको पहल थालेको छ । मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो ।
अघिल्लो साता नै सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा अधिकार सम्पन्न आयोग बनाएको थियो । आयोग गठनपछि पनि ‘मिटरब्याज तथा ठगी विरुद्ध किसान–मजदुर सङ्घर्ष समिति’ नामक पीडितको सङ्गठनले आन्दोलन जारी राखेकामा उनीहरुको मागलाई समेट्ने गरी वार्ता समिति बनेको हो ।
पाँच सदस्यीय वार्ता समितिमा प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जङ्गबहादुर डाँगी  तथा प्रहरी उपरीक्षक दिनेशराज मैनाली सदस्य छन् । गृह मन्त्रालयका उपसचिव दीलकुमार तामाङ सदस्य सचिव छन् ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पीडितलाई अविलम्ब सम्बोधन गर्न निर्देशन दिएका छन् । समितिलाई तत्काल आवश्यक पहल थाल्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  २०:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार