सभामुखको पहलमा तीन दलका शीर्ष नेताबीच छलफल

संसदमा विचाराधीन टीआरसी विधेयकबारे विमर्श
शनिबार, चैत २५, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । सभामुख देवराज घिमिरेको पहलमा शनिबार प्रतिनिधिसभामा  प्रतिनिधित्व गरेका तीन ठूला दलका शीर्ष नेताबीच भेट भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहभागी भएका थिए । छलफलमा संसदमा विचाराधीन टीआरसीलगायतका विधेयकमा प्रमुख तीन दलका शीर्ष नेताहरुबीच सम्वाद भएको हो ।
‘नेताहरुको बीचमा आपपसमा बसेर कुराकानी नभइरहेको परिस्थिति थियो, उहाँहरु बीचमा कुराकानी गराउन पहल गरेको हुँ’, सभामुख घिमिरेले भने ।
छलफलमा संसदमा विचाराधीन विधेयकलाई अगाडि बढाउन सकारात्मक कुराकानी भएको नेताहरुले बताएका छन् ।
भेटपछि प्रधानमन्त्री प्रचण्डले भने, ‘सदनभित्रको टीआरसी, संवैधानिक परिषद र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकलाई छिटो टुंग्याउन जरुरी छ भन्ने कुरामा गम्भीर छलफल भयो ।’ सहमति बनाउने भन्नेमा सैद्धान्तिक रुपमा सहमत भए पनि कानुनी र प्रविधिक पक्ष पनि रहेको उनले बताए ।
छलफलपछि एमाले अध्यक्ष ओलीले पनि सदनलाई कसरी प्रभावकरी ढंगले अगाडि बढाउने र अहिले देखिएका समस्याहरु कसरी समाधान गर्ने भनेर सकारात्मक छलफल भएको बताए । टीआरसी विधेयकबारे पनि कुराकानी भएको भन्दै उनले भने, ‘फास्ट ट्याक चाहिँ कति गर्न मिल्छ मिल्दैन फेरि बसेर छलफल गर्छौं ।’ यद्यपि कुनै न कुनै हिसाबले समितिमा जाने उनले बताए । तीन दलका शीर्ष नेताहरुको अर्को बैठक २८ गते बिहान साढे ९ बस्ने तय भएको छ ।

 

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १९:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार