सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ गर्न काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासमा पेसी तोकिएको छ । मुद्दा फैसला गर्न आजका लागि पेसी तोकिएको हो । सन्दीपविरुद्धको मुद्दाको पेसी १३औँ नम्बरमा परेको छ । काठमाडौँ जिल्ला अदालतमा आजका लागि २९ वटा मुद्दा पेसीमा चढेका छन् । यसअघि दुईपटक पेसी तोकेर पनि सन्दीपविरुद्धको मुद्दा सुनुवाइ भएको थिएन । आज पनि १३ नम्बरमा रहेकाले सुनुवाइ हुने सम्भावना कम देखिन्छ । गत कात्तिक २९ गते न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, उनको आदेश उच्च अदालत ९पाटन० ले बदर गरेपछि सन्दीप धरौटीमा रिहा भएका थिए । सर्वोच्च अदालतले पनि सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न नपर्ने उच्चको आदेश सदर गर्दै विदेश जान लगाइएको प्रतिबन्ध पनि फुकुवा गराएको थियो । सन्दीपलाई १० देखि १२ वर्ष कैदको माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। त्यसको अन्तिम फैसला हुन लागेको हो ।