काँग्रेसबाट बागमती प्रदेश सरकारमा सहभागी दुई मन्त्रीले लिए शपथ

आइतबार, चैत २६, २०७९

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुरसिंह लामा र तीर्थ लामालाई आइतबार मन्त्रीमा नियुक्त गरेका हुन् । बहादुरलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र तीर्थ लामालाई खानेपानी तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिएको छ । केन्द्रमा बनेको गठबन्धनपछि प्रदेशमा पनि काँग्रेस विस्तारै सरकारमा सहभागी हुन सुरु गरेको छ ।

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  २०:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार