कर्णालीमा एमाले सरकारबाट आउट

आइतबार, चैत २६, २०७९

कर्णाली । कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी भएका तीन जना मन्त्रीले राजीनामा दिएका छन् । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पछाईले आज सरकारबाट राजीनामा दिएका हुन् । तीन जना मन्त्रीले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष आज अपरान्ह सामूहिक राजीनामा दिएका हुन् । मुख्यमन्त्री शर्माले गत माघ ११ गते उनीहरुलाई मन्त्रीमा नियुक्त गरेका थिए ।  एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने भएको छ । एमाले, राप्रपा र एकीकृत समाजवादीको समर्थनमा पुस २७ गते मुख्यमन्त्री भएका उनले माघ ६ गते विश्वासको मत लिएका थिए ।

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  २१:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार